कोरोना खोप लगाउन शिक्षण अस्पतालमा प्रधानमन्त्री (फोटो फिचर)
तस्वीर : फरकधार/प्रधानमन्त्रीको सचिवालय

आइतबारबाट नेपालमा कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोपको नयाँ अभियान सुरु गरिएको छ । अघिल्लो अभियानमा संक्रमणको जोखिमलाई ध्यानमा दिँदै प्राथमिकताका आधारमा खोप लगाइएको थियो । आइतबारबाट सुरु भएको अभियानमा ६५ वर्षमाथिका नागरिकलाई खोप दिइँदैछ। 

खोप लगाउनका लागि शिक्षण अस्पतालको खोप केन्द्रमा आइतबार बिहान वृद्धवृद्धाहरुको लामो लाइन थियो । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाएका छन् । ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छिन्। नेपालमा कोरोना खोप अभियान सुरु भएको एक महिना ९ दिनपछि देशका कार्यकारी प्रमुखले कोरोना खोप लगाएका हुन्। 





प्रधानमन्त्री ओली शिक्षण अस्पतालभित्र २० मिनेट जति बसेका थिए । उनीसँग निजी चिकित्सक दिव्य सिंह शाहसहित मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक अरुण सायमी लगायतको टोली थियो।

प्रधानमन्त्रीसँगै कोरोना खोप लगाउनका लागि मन्त्रीहरु समेत त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए। 

गृहमन्त्री रामबहादुर थापा बादलले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर आइतबार नै कोरोना खोप लगाएका छन्। 

  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १२:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया