संसदमा भीम रावलको प्रश्‍न : वर्तमान प्रधानमन्त्री कुन पार्टीका हुन् ?
नेकपाबारे सर्वोच्चको फैसलाप्रति आक्रोश पोखे

नेकपा दाहाल-नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको वैधानिकतामा प्रश्न उठाएका छन्। आइतवार बसेको पुन:स्थापित प्रतिनिधिसभाको बैठकमा समय लिए बोल्दै रावलले प्रधानमन्त्रीको वैधतामाथि प्रश्न उठाएका हुन्।

'प्रधानमन्त्रीले वैधता गुमाइसके, आफैंले हत्या गरेको प्रतिनिधिसभामा कसरी प्रस्ताव ल्याउन सकेका हुन्', उनले भने, 'सर्वोच्च अदालतको आदेश अनुसार नेकपा यदि पार्टी होइन भने अहिलेका वर्तमान प्रधानमन्त्री कुन पार्टीका हुन्? भन्‍नुपर्‍यो।'

उनले सरकारले संसदमा ल्याउने अध्यादेश वैधानिक नहुने भन्दै संसदमा ल्याएकोमा आपत्ति जनाए। 'सरकारको तर्फबाट आउने निर्णय र अध्यादेश कुन पार्टीको भन्ने प्रष्ट हुनुपर्छ। तिनीहरुको वैधता छ कि छैन तब मात्रै हामी कुरा गर्न सक्छौँ', उनले भने, 'केपी ओलीको सरकार कुनै दृष्टिकोणबाट वैध छैन। हामीले राजीनामा दिएको सुनेको छैनौँ। सबै आधारमा वैधता गुमाएको छ यो सरकारले।'

उनले प्रधानमन्त्री आफैँले हत्या गरेको प्रतिनिधिसभामा प्रस्ताव राख्न लाज हुनुपर्ने भन्दै टिप्पणी गरे। 'आफैँले हत्या गरेको प्रतिनिधिसभामा आफैँ प्रस्ताव राख्न लाज हुनुपर्ने हो । यदि जवरजस्ती यो कार्यसूचीमा प्रवेश गर्नु भएमा बहिष्कार गर्छौँ', उनले भने, 'अध्यादेशबाट शासन गर्ने कुरा कति उचित हो? आज मात्रै सर्वोच्च अदालतले फैसला गरेको छ। यो जानकारी छ कि छैन सभामुखलाई? अब त सर्वोच्च अदालतले नै पार्टी निर्माण गरिदिने रे !'





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १७:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया