ओली समूहमा गएका प्रदेश सांसद दाहाल-नेपालतिरै फर्किए

सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी फेरि दाहाल-नेपाल समूहमै फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि जोशीले दाहाल-नेपाललाई छाडेका थिए।

नेकपा माओवादी पृष्ठभूमिका सांसद जोशी नेता एवम् उद्योगमन्त्री लेखराज भट्टसँगै केपी ओली समूहमा लागेका थिए। दुई महिनापछि ओलीलाई छाड्दै जोशी सोमवार बिहान खुमलटार पुगेर दाहाल-नेपालतिरै फर्किएका हुन्। 

जोशी तत्कालीन नेकपा माओवादी केन्द्रबाट कञ्चनपुर क्षेत्र नम्बर २ देखि प्रदेशसभामा विजयी भएका थिए। जोशीलाई दाहाल-नेपाल समूहका प्रचण्डले स्वागत गरे। 
 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १४:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया