समयमै पाठ्यपुस्तक छाप्न शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन् ।

मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । 

‘कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको प्रकाशन गर्नुहोस्,’ उनले भने । दुर्गममा बर्सेनि पुस्तकको समस्या हुने भएकाले यसपटक त्यो सुधार गर्न अनुरोध पनि गरेका छन् ।

उनले भने, ‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । विगतको मैले पास्ट इज पास्ट भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न । त्यसको लागि तपाईहरुलाई के अप्ठ्यारो छ ?’

पाठ्यक्रमबाट सामग्री नआएको हो भने ढिलाइ हुनेबारे पहल गर्ने निर्देशन दिए । उनले कुनै पनि पुस्तक छपाइ समयमा हुने र  काठमाडौंमा बसेर कर्णालीको दुर्गम गाउँ सम्झनु भन्दै पुस्तक छपाइमा कत्ति पनि ढिलाइ नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । ‘यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरू सप्लाइ हुनुप¥यो । अब नयाँ शैक्षिक सत्र असार देखि सुरु हुँदैछ । १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईहरुले गर्नैपर्छ,’  मन्त्री श्रेष्ठले भने । 

त्यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहन निर्देशन दिए । कुनै पनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे ।



उनले भने, ‘सबै हामीले अहिले हेरेका मशिनहरुमध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मशिनलाई तयारी अवस्थामा राख्नुहोस् । निर्वाचन आयोगले आदेश दिनेबित्तिकै मत पत्र छाप्नुपर्ने हुनसक्छ ।’ 



  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १६:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया