विमलको कतारमा भयो शल्यक्रिया

नेपाली युवा फुटबलर विमल घर्तीमगरको सफल शल्यक्रिया भएको छ । कतारको अस्पेटार अस्पतालमा मंगलबार उनको घुँडाको सफल शल्यक्रिया भएको हो । 

राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा ल्यान्डिङ नमिल्दा विमलको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो ।

अखिल नेपाल फुटबल संघको पहलमा कतार फुटबल संघले नेपाली राष्ट्रिय टिम सदस्यहरू विक्रम लामा र विमलको उपचार गराएको हो । 

विक्रमको शल्यक्रिया केही समय अगाडि नै भइसकेको छ । विमलको भने कोरोना तथा अन्य बिरामीको चापका कारण शल्यक्रियामा केही ढिलाइ भएको हो ।





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १८:२८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया