शिवरात्रिबाट परिचय फेर्दै मनीषा कोइराला

नायिका मनीषा कोइराला अब गायिका बन्ने भएकी छन् । उनले आफ्नो आवाजमा ‘महा मृत्युञ्जय मन्त्र’ रेकर्ड गराइसकेको जानकारी दिएकी छन् । मनीषाले सामाजिक सञ्जाल मार्फत् ‘महा मृत्युञ्जय मन्त्र’ रेकर्डको जानकारी दिएकी हुन् ।

मनीषाको आवाजमा रेकर्ड भएको ‘महा मृत्युञ्जय मन्त्र’ भोलि महाशिवरात्रिको अवसर पारेर सार्वजनिक गरिने भएको छ । मनीषाले वाद्यवादन समूह सुरसुधासँगको सहकार्यमा ‘महा मृत्युञ्जय मन्त्र’ पाठ गरेकी हुन् ।

‘महा मृत्युञ्जय मन्त्र’को पाटन दरबार क्षेत्रमा छायांकन गरिएको छ । महा मृत्युञ्जय मन्त्रमा तबलाबादक सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । महा मृत्युञ्जय मन्त्र गायनमा मनीषालाई सुरसुधाकै गायिका सरस्वती खत्री र तबलाबादक श्रेष्ठले साथ दिएका छन् ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १४:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया