टोपबहादुरलाई सम्झिँदै प्रचण्डले भने : आफ्नैलाई भर गरेको भए यो दिन देख्‍नुपर्ने थिएन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टोपबहादुर रायमाझीलाई भरोसा गर्दा आफूलाई ठूलो धोका भएको बताएका छन्। 

रुपन्देहीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो भनेका हुन 

'बाबुरामजीसँग वैचारिक संघर्ष भएको थियो। उहाँ उता लागेपछि टोपबहादुर रायमाझीलाई ल्याएर मन्त्री बनाएँ। आफ्नालाई पर गरेर उनलाई भरोसा गरेँ', दाहालले पछुताउँदै भने, 'त्यस्तालाई भन्दा आफ्नै साथीहरुलाई भरोसा गरेको भए त यो दिन त देख्नुपर्ने थिएन नि!  त्यत्रो बदमासी गरेकालाई ल्याएर मन्त्री नबनाएको भए यस्तो हुने थिएन।'

उनले अब आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ भन्ने ज्ञान खुलेको पनि बताए। 'त्यस्तालाई भन्दा आफ्नै साथीहरुलाई भरोसा गरेको भए हुने रहेछ। साथीहरु तपाईंले भने त फर्किन्छन् भन्छन्। उनीहरु आएर यहाँ रोए त फेरि म पग्ली जाउँला', उनले भने, 'अब चाहिँ त्यस्तो हुँदैन। अब मैले पनि शिक्षा लिँदैछु। त्यस्ता मान्छेलाई फकाउन मन लाग्न छाडेको छ। बरु त्यस्ता मान्छे फर्किन परेन, उतै बसे हुन्छ।'





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १४:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया