नेपालले विश्वकप र एसिया कपको संयुक्त छनोट कुवेतमा खेल्ने

नेपालले विश्वकप र एसिया कपको संयुक्त छनोट अन्तर्गतका बाँकी खेल कुवेतमा खेल्ने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार समूह ‘बी’ का बाँकी खेल कुवेतमा हुने जानकारी दिएको हो ।

कोरोना संक्रमणको त्रासले विभिन्न देशका अन्तर्राष्ट्रिय उडान रोकिएकाले एएफसीले छनोट चरणका बाँकी खेल तटस्थ भूमिमा आयोजना गर्ने निर्णय गर्दै समूह ‘बी’ का खेल कुवेतमा गर्ने जनाएको हो ।  

छनोट चरणका बाँकी खेल आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछन् । नेपालले चाइनिज ताइपे, जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

नेपाल समूहमा ५ खेलबाट ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेलाई हराउँदा अस्ट्रेलिया, जोर्डन र कुवेतसँग पराजित भएको थियो । यस समूहमा अस्ट्रेलिया ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ । 

छनोट अन्तर्गत समूह ‘ए’ का खेल चीनमा, ‘सी’ का बहराइनमा, ‘डी’ का साउदी अरबमा, ‘इ’ का कतारमा, ‘एफ’ का जापानमा, ‘जी’का युएईमा र ‘एच’ का दक्षिण कोरियामा हुनेछन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १५:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया