नेकपा एमाले : महासचिवबाहेक सबै पद खारेज, ‘बादल’ बागमती इञ्चार्ज

सर्वोच्च अदालतबाट साविक कायम नेकपा एमालेले महासचिव बाहेकका सबै पद खारेज गरेको छ। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो।

उक्त बैठकले महासचिव बाहेकका सबै पद खारेज गर्ने पनि निर्णय लिएको छ। बैठकले पार्टीको बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ। उनी माओवादी केन्द्रबाट आएका नेता हुन्। 

एमालेको केन्द्रीय सदस्यमा साविकको माओवादी केन्द्रबाट आएका रामबहादुर थापा 'बादल'सहित २३ माओवादी नेता थपिएका छन्। बैठकले बादलसहित माओवादीबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो।

बैठकले एमाले प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ। निर्णयानुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । यससँगै एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय पुगेको छ।






  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १६:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया