२४ घण्टामा थपिए ४८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१२ नमुनाको परीक्षण गर्दा ४८ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु भएको छैन । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ जसमध्ये २ लाख ७१ हजार १७७ जना निको भएका छन् भने ३ हजार ११२ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ९२९ रहेका छन् । 





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १७:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया