देशभर थपिए ६० कोरोना संक्रमित, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६० जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६० जनामा कोरोना संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमित हुनेको संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।

गत २४ घण्टामा २ जना संक्रमितको ज्यान समेत गएको छ । यससँगै नेपालमा मृतक संख्या ३ हजार १४ पुगेको छ । त्यस्तै  शनिबार ७२ जना कोरोनामुक्त भएका छन् । योसँगै २ लाख ७१ हजार २४९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ भने ४९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १६:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया