ब्राजिलमा एकैदिन ८५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन ८५ हजार जनाभन्दा बढी कोरोनाबाट सङ्क्रमित पाइएका छन् । 

यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । 

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा २ हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या २ लाख ७५ हजार १०५ पुगेको छ । 

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नका लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भए पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।



कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा एकै दिनमा १ हजार ९०० को मृत्यु भएको थियो । 



सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी सहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।  

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधा आधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १७:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया