नेपाल सुपर लिगका फ्रेन्चाइज टिम र मालिक सार्वजनिक

नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने टिम तथा मालिक सार्वजनिक गरिएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै ७ फ्रेन्चाइज टिम र मालिक सार्वजनिक गरेको हो ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने छन् ।

विराटनगरका मालिक अनुप रञ्जन भट्टराई, काठमाडौंका मालिक चिरञ्जीवी शाह, ललितपुरका मालिक कामना गुरुङ, चितवनका मालिक चन्द्र ढकाल, पोखराका मालिक निराकार श्रेष्ठ, बुटवलका मालिक राजकुमार तिमल्सिना र धनगढीका मालिक सुवास शाही छन् । 

यी टिमहरूले अक्सनबाट खेलाडी छनोट गर्नेछन् । अक्सनका लागि एन्फाले २ महिनाको विन्डो खुला गरेको छ । अक्सनको मिति, खेलाडी तथा पुरस्कार रकम भने चाँडै नै सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्टको आयोजनामा सिंगल राउन्ड रोविनका आधारमा हुने लिग आगामी वैशाख ११ देखि २५ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १५:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया