नेपालमा थप ५३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय १५ पिसिआर नमुना परीक्षण गर्दा ५३ जनाका कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

यस्तै, आइतबार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

मुलुकभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पिसिआर परीक्षण भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १७:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया