सशस्त्रलाई पन्छाउँदै बागमती अन्तिम आठमा

हेटौंडामा जारी ‘स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा बागमती युवा क्लब सर्लाहीले विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई हराउँदै अन्तिम आठमा स्थान पक्का बनाएको छ । आइतबार भएको खेलमा एपिएफलाई बागमती युवाले २–१ ले हराएको हो ।  एक दिन अगाडि गोलबजार गोल्डकप जितेको सशस्त्रले हेटौंडामा नमिठो हार बेहोरेको छ ।

बागमतीका लागि पहिलो गोल विक्रम धिमालले गरेका हुन् । उनले कर्नरबाट आएको बललाई हेडमार्फत् जाली चुमाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ३७ मिनेटमा धिमालको गोलबाट अग्रता लिएको बागमतीले ७४ औं मिनेटमा सागर शाहीले फ्रि किकबाट आएको पासलाई डि बक्सभित्र सदुपयोग गर्दै पोस्टको दिशा दिए ।

दोस्रो गोलपछि दबाबमा आएको एपिएफले ८० मिनेट पनि निरन्तर बागमती युवा क्लबलाई दबाबमा राखेको थियो । बागमती युवा क्लबका खेलाडीले डि बक्सभित्र हातले बल छुँदा एफिएफले पेनाल्टी पाएको थियो । रवि थिङले पेनाल्टीको सदुपयोग गर्दै एपिएफलाई खेलमा फर्काउन खोजे पनि स्कोर भने बढाउन सकेन । 

खेलपछि प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदीप श्रेष्ठले  खेलमा बागमती युवा क्लबको तुलनामा एपिएफमा केही शारीरिक कमजोरी रहेको बताए । उनले भने, ‘हाम्रा खेलाडी होचा हुँदा केही समस्या भयो, बागमतीमा विदेशी खेलाडी हुँदा हाई बलहरू सजिलै हामीले फुत्काउन पर्‍यो ।’ कप्तान समेत रहेका मुख्य खेलाडी नवीन लामालाई खेल्ने क्रममा चोट लागेपछि फिनिसिङमा पनि समस्या भएको उनले बताए ।

यस्तै पहिलो खेल जितेर विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनसँग भेट पक्का गरेको बागमती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले खेलमा बराबरी बलको नियन्त्रण र लक्षित प्रहार भए तापनि एउटा फ्रि किक र कर्नरलाई खेलाडीहरूले सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा आएको बताए । निरन्तर सेटमा खेलाडीहरू रहेको भन्दै आगामी खेलमा केही खेलाडी परिवर्तन हुने संकेत गरे ।  भोलि ‘ए’ डिभिजन लिग विजेता र पुलिसलाई हराएको संकटा बीच खेल हुने भएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १९:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया