प्रिमियर लिग : युनाइटेड र आर्सनल विजयी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । गएरातिका खेलमा युनाइटेड र आर्सनल विजयी भएका हुन् । 

लिगमा दोस्रो स्थानमा रहेको युनाइटेडले वेष्टहामलाई १-० गोल अन्तरले पराजित गर्यो । वेष्टहामका क्रायग डसनले ५३औँ मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेड विजयी भएको हो  । 

गएरातिकै अर्को खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलअन्तरले पराजित गर्यो । घरेलु मैदानमा आर्सनलको जितका लागि मार्टिन ओडेगाडले ४४औँ तथा एलेक्जेन्डर लाकाजेटले ६४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जित दिलाए । 

टोटनहमले सुरुवातमै अग्रता लिएको खेलमा उसका लागि ३३औँ मिनेटमा एरिक लामेलाले गोल गरेका थिए । तर, सुरुवाती अग्रता टोटनहमले जोगाउन सकेन । खेलको ७६औा मिनेटमा लामेलाले रातोकार्ड खाएसँगै टोटनहम पराजित हुन पुग्यो । 



यसअघिको खेलमा लिसेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई ५-० गोलअन्तरले पारजित गर्यो । लिसेस्टरका लागि केलेची हेनाचोले ह्याट्रिक गरे । उनले ३९, ६९ र ७८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

यस्तै, लिसेस्टरका लागि आयोज पेरेजले ६४औँ मिनेटमा गोल गरे । खेलको ८०औँ मिनेटमा शेफिल्डका इथान अम्पाडुले आत्मघाती गोल गरेपछि लिसेस्टरले ५-० को शानदार जित निकाल्यो । 



  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार ७:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया