कोहली बने टि-२० अन्तर्राष्ट्रियमा ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी
फाइल तस्बिर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक नयाँ उपलव्धी आफ्नो नाममा दर्ता गराएका छन् । 

कोहली आइतबार इङ्ल्याण्डविरुद्ध ४९ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ७३ रनको पारी खेल्दै टि-२० अन्तर्राष्ट्रियमा ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । 

कोहलीले ८७ टि-२० पारीमा ५०.८६ को औसतमा ३ हजार १ रन प्रहार गरेका हुन् । यस क्रममा उनले २६ अर्धशतक प्रहार गरेका छन् । २२ पारीमा अविजित रहेका कोहलीको उत्कृष्ट प्रदर्शन ९४ रनमा अविजित रहनु हो । 

न्युजिल्यान्डका मार्टिन गुप्टिल ९९ पारीमा २ हजार ८३९ रन बनाएर दोस्रो स्थानमा छन् । ७ पारीमा अविजित रहँदै २ शतक र १७ अर्धशतक प्रहार गरेका गुप्टिलको १०५ रन प्रहार गर्नु उत्कृष्ट प्रदर्शन हो ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार ११:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया