खगेन्द्र संग्रौलाको आरोप : निर्मला पन्तको हत्यामा गृहमन्त्रीकै संलग्नता !

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादललाई गम्भीर आरोप लगाएका छन् । संग्रौलाले फेसबुकमार्फत थापामाथि गम्भीर आरोप लगाएका हुन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन् । उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए । 

निर्मलाको हत्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ । 

यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् । उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन् । 

संग्रौलाले लेखेका छन्, 'निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।'

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा 'बादल' को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

Posted by Khagen Sangraula on Sunday, March 14, 2021




  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १३:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया