रोनाल्डो रियल फर्कन सक्छन् : जिदान

इटालिय क्लब युभेन्टसका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड फर्कने सम्भावना रहेको चर्चा हुन थालेको छ । 

रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पनि रोनाल्डो अझै क्लबमा फर्किने सम्भावना रहेको बताएका छन् ।

‘रोनाल्डोका लागि ढोका खुला छ, उनी रियल फर्कन सक्ने सम्भावनालाई नकार्न सकिँदैन’ जिदान भने । 

रियलका मालिकले ३६ वर्षीय रोनाल्डोलाई क्लब फर्काउन कुनै चासो नदेखाए पनि जिदानले भने उनी स्याटियागो बर्नाबेउ फर्कने सम्भावना रहेको खुलासा गरेका हुन् ।

‘मैले रोनाल्डोलाई प्रशिक्षण दिएको छु र म उनलाई राम्रोसँग चिन्छु, उनी क्लब फर्कने सम्भावना छ’, जिदानले भने, ‘मलाई रोनाल्डोले रियलमा प्राप्त गरेका उपलब्धिका बारेमा राम्रोसँग जानकारी छ ।’

जिदानले रोनाल्डो एक उत्कृष्ट फरवार्ड भएको बताउँदै युभेन्टसपछिको यात्रा के हुन्छ हेर्न बाँकी रहेको बताए । 



विभिन्न सञ्चार मध्यमहरूले रोनाल्डोले युभेन्टसमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेकाले उनी रियल फर्कन उत्सुक रहेको बताएका छन् । 

रोनाल्डो रियलका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २००९ देखि २०१८ सम्म रियलमा बिताउँदा ४३८ खेलमा ४५० गोल गर्नुका साथै १३२ गोलका लागि अवसर पनि सिर्जना गरेका थिए ।



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १६:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया