शीतल निवासको सर्वदलीय बैठकमा पनि नेताहरुबीच विवाद
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा डाकिएको सर्वदलीय बैठक करिब एक घण्टा बसेर सकिएको छ। उक्त बैठकमा पछिल्लो राजनीतिक जटिलता र राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणबारे कुराकानी भएको छ। बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणबारे नेताहरुलाई जानकारी गराएकी थिइन्। बैठकमा राष्ट्रपतिले देशको पछिल्लो राजनीतिक जटिलताले आफूलाई चिन्तित बनाएको बताउँदै सबै दलहरूलाई मिलेर निकास दिन आग्रह गरेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त बैठकमा उपस्थित थिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा बोल्दै ताजा जनादेशको कुरा उठाएका थिए। उनले ताजा जनादेशले नै देशलाई निकास दिने भनेपछि अन्य नेताहरुले प्रतिवाद गरेको स्रोतले बताएको छ। बैठकमा सहभागी प्रतिपक्षी दलका नेताहरुले जनताकै मतबाट दुईतिहाइको सरकार बनेको बताउँदै प्रधानमन्त्रीले उठाएको ताजा जनादेशको मुद्दामाथि उल्टै प्रश्न गरेका थिए। बैठकमा प्रधानमन्त्रीको ताजा जनादेशसम्बन्धी धारणालाई लिएर प्रचण्डसहितका नेताहरु भड्किए। उनीहरुले घेराबन्दी गर्ने अवस्था भएपछि सर्वदलीय बैठकलाई छोट्याइएको स्रोतले जानकारी दिएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा भएका अन्य कुरा बताउन नचाहे पनि राष्ट्रपतिको बंगलादेश भ्रमणबारे कुरा भएको उल्लेख गरे।  



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १८:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया