सर्त थप्दै सरकारमा जानुको औचित्य छैन : कांग्रेस सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसलाई सरकारमा जाने हतार नभएको, तर आवश्यक परे सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यकर्ता भेटघाटमा महतले ससर्त सरकारमा जान कांग्रेसलाई हतार नभएको बताए।

सरकार बनाउन १३८ सिट आवश्यक पर्ने भएकाले सबैलाई मिलाउँदै सर्त थप्दै सरकारमा जानुको औचित्य नरहने, तर सबैको आग्रहपश्चात् उपयुक्त समय आए कांग्रेसले नेतृत्व गर्ने उनले बताए । सर्वोच्च अदालतको फैसलापछि एमालेसँग मात्रै १२१ सिट रहेको, तर कांग्रेससँग ६१ मात्रै भएकाले १३८ पुर्याउन विभिन्न पार्टीका सर्त मान्नुपर्ने बाध्यता रहेको उनले बताए ।

जनताले दुईतिहाइ बहुमत दिएको सरकारबाट कुनै उपलब्धिपूर्ण काम हुने नसकेको बताउँदै उनले पछिल्लो अवस्थामा कांग्रेस नेतृत्वले अख्तियार गरेको रणनीति परिपक्व भएको जिकिर गरे । 

उनले भने, ‘संसद पुनःस्थापनामा होस् वा अहिले सरकार बनाउने कुरामा होस् कांग्रेसले लिएको नीति उपयुक्त छ, संविधानतः पार्टी नफुट्दै सरकारमा जानका लागि कांग्रेसले पहल गर्नु उपयुक्त हुँदैन ।’





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १८:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया