च्याम्पियन्स लिग : रियल मड्रिड क्वाटरफाइनलमा !

इटालियन क्लब एटलान्टालाई पन्छाउँदै स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एटलान्टालाई ३-१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४-१ गोल अन्तरको जित निकाल्दै रियल च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न सफल भएको हो । 

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियलको जितका लागि करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियोले गोल गरे । एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो । 

रियलका लागि खेलको ३४औँ मिनेटमा बेन्जेमाले,  ६०औँ मिनेटमा रामोसले पेनाल्टीमार्फत ८५औं मिनेटमा मार्काे एसेन्सियोले गोल गरे । सब्सटिच्युट खेलाडी एसेन्सियोले मैदान पसेको चौथो मिनेटमै गोल गरेका थिए । 

एटलान्टाका लागि एकमात्रै गोल खेलको ८३औँ मिनेटमा लुइस मुरिएलले गरे । लुइसको गोलमार्फत खेलमा फर्कन प्रयास गरेपनि एटालान्टामाथि रियलको दबदवा कायमै रह्यो । समग्रमा ४-१ को जितसँगै रियलले अन्तिम आठमा स्थान सुरक्षित गर्यो । 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ७:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया