'केपी ओलीमा नैतिकता छैन, अरुको अपमान गरे, तुच्छ बचन लगाए'

नेकपा एमालेकी नेतृ प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको अपमान मात्रै गरेको आरोप लगाएकी छन्। माधवकुमार नेपाल पक्षले सानेपामा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले ओलीमाथि यस्तो आरोप लगाएकी हुन्।

'हामीले भेला गर्दा बालुवाटार बस्ने केपी ओलीलाई पीडा भएछ। यो गुटको भेला होइन यो एमालेको भेला हो, अहिले पनि समय छ यो भेलामा आइदिनुस्', उनले ओलीलाई भनिन्, 'फागुन २८ गतेको गुट भेलाको निर्णय रद्द गर्नुस्।'

उनले ओलीले देश र जनता कोभिडको संकटमा पर्दा भ्रष्टाचार गरेको आरोप  लगाइन्। 'कोभिडको संकटमा पनि केपी ओलीले भ्रष्टाचार गरे, हाम्रो शीर निहुर्‍याउने काम गरे', उनले भनिन्, 'ओलीले निरन्तर नेताहरुलाई अपमान गर्ने काम गरे, हेला गर्ने काम गरे, तुच्छ बचन लगाए।

उनले कम्युनिष्ट पार्टीमा पद भन्दा आन्दोलन ठूलो भएको बताइन्। 'कम्युनिष्ट पार्टीमा पद गौण हुन्, आउँछन् जान्छन्', उनले भनिन्, 'तर अहिलेको सवाल कम्युनिष्ट आन्दोलन बचाउने हो।'

उनले ओलीलाई पटक पटक सच्चिन आग्रह गरिन्। 'तपाईं हाम्रो नेतृत्व हो, सच्चिनुस्, सुध्रिनुस्', उनले भनिन्, 'प्रतिगमन गरिसकेपछि नैतिकता भएको पद छाड्नुपर्थ्यो तर तपाईं अझै अटेरी गरिरहनु भएको छ। नैतिकताका आधारमा तपाईंले राजीनामा दिनुपर्थ्यो तर तपाईंमा कति पनि नैतिकता रहेनछ।'

उनले ओलीलाई कार्यकर्ताको अपमान नगर्न पनि भनिन्। 'पार्टीका मान्छेलाई मेरो र तेरो भनेर अपमान नगर्नुस्', उनले भनिन्, 'कसैलाई हेला नगर्नुस्।'



उनले अहिलेको अवस्थामा कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताइन्। 'अहिले निराश हुनुपर्ने कुनै कुरा छैन', उनले अन्त्यमा भनिन्, 'यो देश बनाउने कुरा हो। यो भेला आवश्यक छ, तपाईंहरु कोही पनि नआत्तिनु होला।'



  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १३:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया