चितवनको मार्की खेलाडीमा भरत, मेघराज मुख्य प्रशिक्षक

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली एफसी चितवनले आफ्नो मार्की खेलाडी र मुख्य प्रशिक्षक सार्वजनिक गरेको छ ।

उसले राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई मार्की खेलाडी तथा मेघराज केसीलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । 

चितवनका मालिक सञ्जित ढकालले खवास र केसीसँग बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

भरत विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनको कप्तानीमा आर्मी २०७६ को ‘ए’ डिभिजन लिगमा उप विजेता बनेको थियो । 

सन् २००८ मा नेपालका लागि डेब्यु गरेका भरतले देशका लागि ५५ खेल खेल्दा १० गोल गरेका छन् ।

मेघराजले पछिल्लोपटक थ्रि स्टार क्लबको प्रशिक्षण सम्हालेका थिए । उनी करिब १ वर्षपछि प्रशिक्षणमा फर्कन लागेका हुन् । 



नेपाल स्पोर्टस् म्यानेजमेन्टले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज फुटबल लिगमा ७ टोलीको सहभागिता रहनेछ । 

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रोजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, बुटवल–लुम्बिनी एफसी, पोखरा थन्डर्स र धनगढी एफसीको सहभागिता रहनेछ ।



आगामी वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुने प्रतियोगिता सिंगल राउन्ड रोविनका आधारमा सञ्चालन गरिनेछ ।

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १५:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया