अमेरिकाले मेक्सिको र क्यानडालाई ४ मिलियन डोज कोरोना खोप दिने

अमेरिकाले छिमेकी राष्ट्र मेक्सिको र क्यानडालाई ४ मिलियन डोज कोरोना खोप दिने भएको छ । अमेरिकाले दुवै देशलाई कोरोना विरुद्धको खोप सहयोग गर्ने भएको हो । 

जसअन्तर्गत मेक्सिकोले २ दशमलव ५ मिलियन डोज खोप पाउने छ । क्यानडाले १ दशमलव ५ मिलियन डोज खोप पाउने भएको छ । 

अमेरिकाले एस्ट्राजेनेकाले तयार गरेको कोरोना विरुद्धको खोप दुवै देशलाई सहयोग गर्ने ह्वाइटहाउसका प्रवक्ता जेन पेसाकीले बताएका रोयटर्सले लेखेको छ । 

जेनले अहिलेसम्म स्वीकृत भइनसकेको भएपनि मेक्सिको र क्यानडालाई ४ मिलियन डोज खोप सहयोग दिने आफूहरुको लक्ष्य भएको बातएका समाचारमा उल्लेख छ । 

अमेरिकामा राष्ट्रपति जो बाइडेनले पद सम्हाले लगत्तै छिमेकी तथा सहयोगी राष्ट्रलाई गरिने सहयोगमा थप सहजता ल्याउने बताएका थिए । सोही योजना अनुरुप अमेरिकाले खोप सहयोग गर्न लागेको हो ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ११:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया