बादल पनि पुगे एमाले संसदीय दल बैठकमा

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादलले केहीअघि नै माओवादी केन्द्र परित्याग गरेका थिए । नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उनलाई मनोनित गरेका छन् ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित भए पनि बादल शनिबार बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको भूमिका पाएका छन् । तर, उनी शनिबारको संसदीय दलको बैठकमा किन सहभागी भए भन्ने खुलेको छैन ।

नेकपा एमाले माधव नेपाल तथा झलनाथ खनाल समूहले बहिष्कार गरेको संसदीय दलको बैठकमा आज वामदेव गौतम भने पुगेका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १२:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया