कोभिडको खोप किन्‍न विश्‍व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड दिने

कोभिड-१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ दिने भएको छ। ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड-१९ विरूद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले यति ठूलो सहयोग प्रदान गर्ने निर्णय लिएको हो। 

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवम् समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट जारी विज्ञप्तिमा भनिएको छ। 

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको हो।
 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १८:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया