स्पष्टीकरणका लागि झाँक्रीको ‘तौल’ पुगेन !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले रामकुमारी झाँक्रीमाथिको स्पष्टीकरण पुनर्विचार गरेको छ । केन्द्रीय कमिटी बैठकले केही नेतालाई स्पष्टीकरण सोध्ने र अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेको थियो । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकोमा झाँक्रीको तौल (वेट) नपुगेको भन्दै उनलाई स्पष्टीकरण नसोधिने भएको हो । 

बैठकमा ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ नपुगेको भन्दै अन्य सदस्यलाई विश्वस्त गराएका थिए । 

एमालेका पदाधिकारी रहेका चार नेतालाई भने स्पष्टीकरण सोधिने भएको छ । केन्द्रीय सदस्य झाँक्री भने स्पष्टीकरणबाट जोगिएकी छिन् । 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १९:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया