मलानको नाममा टि-२० क्रिकेटको नयाँ कीर्तिमान

इङ्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले टि-२० अन्तर्राष्ट्रिय  क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । 

मलान टि-२० अन्तर्राष्‍ट्रियमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । शनिबार भारत विरुद्धको पाँचौ तथा अन्तिम खेलमा ६८ रनको पारी खेल्दै  उनी टि-२० अन्तर्राष्‍ट्रियमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका हुन् ।

मलानले मात्र २४ पारीमा यो सफलता हात पारेका हुन् । यसअघि यो कीर्तिमान पाकिस्तानका कप्तान बाबर अजामको नाममा थियो । 

बाबरले २६ पारीमा एक हजार रन पुरा गरेका थिए । भारतका कप्तान विराट कोहलीले २७ पारीमा यो सफलता प्राप्त गरेका थिए । 

मलानले २४ पारीमा १ शतक र १० अर्धशतक सहित १ हजार ३ रन प्रहार गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन १०३ मा अविजित रहनु हो । 

मलानको उत्कृष्ट प्रदर्शन रहेपनि पाँचौँ खेलमा ३६ रनले पराजित हुँदै इङ्ग्ल्यान्डले सिरिज ३-२ ले गुमाएको थियो । पाँच खेलको टि-२० सिरिजमा मलानले १४८ रन बनाए । 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १०:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया