ओलीको कारवाहीबारे भीम रावलको प्रतिक्रिया : अवैध कमिटीको निर्णय अवैध र हास्यास्पद

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अवैध भएको बताएका छन्। 

रावलले संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टीकरण सोध्नु हास्यास्पद र अवैध भएको बताएका हुन्। 

‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, उनले भनेका छन्। 

यस्तो निर्णयलाई कदापि नस्विकार्ने रावलले बताएका छन्। सामाजिक सञ्जालमार्फत रावलले निर्वाचनमा प्रतिवद्धता पूरा नगर्ने, आफैंले हस्ताक्षर  गरेको पार्टी एकता भत्काउने, एमालेको विधान मिच्दै फागुन २८ गते गरेका मनपरी निर्णयबारे ओलीले जनता र पार्टी पङ्क्तिलाई स्पष्टीकरण दिनुपर्ने पनि बताएका छन्। 

शनिबार एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यस्तै शनिबारै ओलीले विभिन्न निर्णयमार्फत आफूमा शक्ति केन्द्रीकरण गरेका छन्। 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १२:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया