झापामा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार  सरकारले नि:शुल्क प्रदान गरेको कोभिशिल्ड खोप जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणमा लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका ४ हजार ७४९ ले, गौरादह नगरपालिकाका ४ हजार ६५३ ले, विर्तामोड नगरपालिकाका ३ हजार ७७३ ले, कनकाई नगरपालिकाका ३ हजार ४९९ ले, कमल गाउँपालिकाका ३ हजार २४८ ले र भद्रपुर नगरपालिकाका ३ हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका २ हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका २ हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका २ हजार ४५१ ले, कचनकबल गाउँपालिकाका २ हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका २ हजार एकले, झापा गाउँपालिकाका १ हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका १ हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ ।





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १३:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया