फास्ट ट्र्याकको प्रगति बुझ्न सेनालाई संसदीय समितिले बोलायो
फाइल तस्बिर

निजगढ द्रुत मार्गको विषयमा छलफल गर्न संसदीय समितिले नेपाली सेनालाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले द्रुत मार्गको विषयमा छलफल गर्ने भएको हो ।

११ प्रतिशत मात्र प्रगति देखिएको काठमाडौं–तराईमधेस द्रुत मार्गको विषयमा सेना र रक्षा मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने समितिको कार्यसूची छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वि.सं. २०७४ साल वैशाख २१ गते राजधानीलाई बाराको निजगढसम्म जोड्ने यो द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भएपनि २०७६ साल भदौमा डिपिआर आएको थियो । त्यसपछि मात्र काम अघि बढेको थियो । परियोजनाको अनुमानित लागत १७५ अर्ब रुपैयाँ रहेको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १०:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया