बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बने मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । 

ला लिगा अन्तर्गत गएराति रियल सोसिडाड विरुद्ध मैदानमा उत्रँदा मेस्सी बार्सिलोनाका लागि ७६८औँ खेल खेल्दै थिए । 

मेस्सीले जाभी हर्नान्डेजको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले बर्सिलोनाका लागि ७६७ खेल खेलेका थिए । 

कीर्तिमानी खेलमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले सोसिडाडमाथि ६-१ को सहज जित निकालेको थियो । 

बार्सिलोना २८ खेलबाट ६२ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक छ । 





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १०:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया