भारतमा बढ्दै कोरोना संकट
फाइल फोटो

भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेको छ। त्यहाँ आइतबार एकैदिन ४७ हजार ९ जना कोरोना संक्रमित भेटिएका छन्। आइतबार नै २१ हजार २ सय ६ जना निको भएका छन्। भारतमा आइतबार मात्रै २१३ जनाको कोरोनाबाट ज्यान गएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार ६५३ जनाले बढेको छ। उता महाराष्ट्रमा मात्रै एकैदिन ३० हजार ५३५ जना नयाँ संक्रमित भेटिएका छन्। जुन भारतका सबै राज्यमध्ये सबैभन्दा धेरै हो। 

अहिलेसम्म देशभर १ करोड १६ लाख जना संक्रमित भइसकेका छन्। यिनमा १ करोड ११ लाख निको भइसकेका छन्। अहिलेसम्म भारतमा एक लाख ६० हजारले ज्यान गुमाएका छन्। अहिले भारतमा ३ लाख ३१ हजार ६७१ जनाको उपचार जारी छ। 

बितेको ३८ दिनमा भारतमा सक्रिय संक्रमितको संख्या २ लाखले बढेको छ। ११ फेब्रुअरीमा १ लाख ३३ हजार सक्रिय संक्रमित थिए। जुन आइतवार बढेर ३ लाख ३१ हजार पुगेका छन्। बितेको दिन बिरामीको संख्या २५ हजार ५७८ ले बढोत्तरी भएको छ। यो एक दिनको सबैभन्दा ठूलो आँकडा हो। यसअघि १० सेप्टेम्बर २०२० मा २४ हजार  ६१० सक्रिय संक्रमित बढेका थिए।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १४:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया