सी डिभिजन लिग : खालीबारीको दोस्रो जित, बराबरीमा रोकिए ओसिस र सानेपा

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकाल्दा ओसिस र सानेपा क्लबले बराबरी खेलेका छन्  । 

खालीबारीले सोमबार एन्फा सातदोबाटोस्थित एन्फा कमप्लेक्समा मनोहरा युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

७८ औं मिनेटमा इमान लामाले गरेको एक मात्र गोल खालिबारीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।  

दोस्रो जित निकालेको खालिबारीले ३ खेलबाट ६ अंक जोड्दा पहिलो हार बेहोरेको मनोहराले पनि समान खेलबाट ६ अंक जोडेको छ ।

आजै भएको अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै जितबिहीन दुवै टोलीले समान ३ खेलबाट १–१ अंक जोडेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १७:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया