कोरोनाका कारण लोकसेवाको परीक्षा स्थगित

आगामी वैशाख ६ गतेदेखि १० गतेसम्मका लागि तोकिएको लोकसेवा आयोगको खरिदारको दोस्रो चरणको परीक्षा स्थगित भएको छ । 

विभिन्न जिल्लामा कारोना संक्रमण दर बढ्न थालेपछि आयोगले वैशाख ११ गतेका लागि तोकिएको परिक्षासमेत स्थगित गरेको छ । 

‘राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ वैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ आयोगबाट जारी सूचनामा भनिएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार २०:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया