न्युजिल्यान्डलाई एकदिवसीय सिरिज

न्युजिल्यान्ड–बंगलादेश ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै घरेलु टोली न्युजिल्यान्डले १ खेल अगावै सिरिजमाथि कब्जा जमाएको छ ।

बंगलादेशले दिएको २७२ रनको लक्ष्य न्युजिल्यान्डले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि कप्तान टोम लाथमले शतकीय पारी खेले । ११० रनमा अविजित रहेका उनले १०८ बलमा १० चौका प्रहार गरे ।

डिभोन कोनवेले ७२ रनको योगदान दिए । ३३.४ ओभरमा रन आउट भएका उनले ९३ बलमा ७ चौका प्रहार गरे । जेम्स निसमले ३० रन बनाए ।

बंगलादेशका लागि मुस्तफिजुर रहमान र मेहदी हसनले समान २–२ विकेट लिए । 

क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७१ रनको योगफल तयार पारेको थियो । 



उसका लागि कप्तान तामिम इक्बालले सर्वाधिक ७८ रनको योगदान दिए । ३०.२ ओभरमा रन आउट भएका उनले १०८ बलमा ११ चौका प्रहार गरे ।

अविजित ७३ रन जोडेका मोहम्मद मिथुनले ५७ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । मुस्फिकुर रहिमले ३४ रन जोडे ।



न्युजिल्यान्डका मिचेल स्यांटनरले २, ट्रेन्ट बोल्ट म्याट हेनरी र काइल जिमिसनले समान १–१ विकेट लिए । 

जितसँगै न्युजिल्यान्डले २–० को अग्रता बनाउँदै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो । ऊ पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मार्च २६ मा हुनेछ ।

  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १५:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया