इङ्ल्याण्डविरुद्ध एकदिवसीय सिरिजमा पनि भारतको विजयी सुरुवात

टि-२० सिरिज जितेको घरेलु टिम भारतले इङ्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा पनि विजयी सुरुवात गरेको छ । सिरिजअन्तर्गत पहिलो एकदिवसीयमा भारतले इङ्ग्ल्यान्डलाई ६६ रनले पराजित गरेको छ ।

पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनायो । भारतका शिखर धवनले सर्वाधिक ९८ रन बनाए । 

केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्ग खेल्दा डेब्यू खेलाडी कुर्नाल पाण्डेयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्ग खेल्दा कप्तान विराट कोहलीले ५६ रन बनाए । रोहित शर्मा २८ रनमा आउट भए ।

इङ्ग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए । भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

इङ्ग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्ग खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, जासन रोयले ४६ रन, मोइन अलीले ३० रन, कप्तान इयान मोर्गन २२ रनमा आउट हुँदा साम विलिङ्सले १८ रन जोडे ।



इङ्ग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए । सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।



  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार ७:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया