शंकर पोखरेल उवाच : 'इतिहासबाट शिक्षा नलिनु भुल हुनेछ'
फाइल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले इतिहासबाट शिक्षा लिनुपर्ने बताएका छन् । सत्तारुढ एमालेभित्रको विवादलाई संकेत गर्दै पोखरेलले इतिहासबाट शिक्षा नलिनु भुल हुने बताएका छन् । 

समाजिक सञ्जालमार्फत नेता पोखरेलले एमाले अहिले फुटको संघारमा रहेको र केही गरी फुटेको अवस्थामा सयौँको भविष्य खराब हुने बताएका छन् । अहिले पार्टी फुटे सयौँ युवाहरुको राजनीति सकिने उनको भनाइ छ । 

विगतमा एमालेबाट माले बनाउँदा अत्यधिक उन्माद रहेको पोखरेलले लेखेका छन् । तर, त्यस उन्मादले सयौँ नेता कार्यकर्ताको राजनीतिक जीवन समाप्त भएको उनले बताए । 

अहिले पनि उस्तै अवस्था देखिएको भन्दै नेता पोखरेलले इतिहासलाई मनन गर्दै भुल नगर्न सुझाएका छन् । पार्टी फुटाउँदा सयौँ नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिनेप्रति उनले चिन्ता व्यक्त गरेका छन् । 

पोखरेलले लेखेका छन्, 'एमालेबाट माले बनाउँदाका उन्माद कम्ता थिएनन् । तर, त्यसले सयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो । इतिहासबाट शिक्षा नलिनु भुल हुनेछ ।'

एमालेवाट माले बनाउदाका उन्माद कम्ता थिएनन्। तर त्यसले सयौ कार्यकर्ताको राजनीतिक जिवन समाप्त भयो। इतिहासवाट शिक्षा नलिनु भुल हुनेछ।

Posted by Shankar Pokhrel on Tuesday, March 23, 2021




  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार ११:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया