अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि आणविक आतंक बन्द गर्न चेतावनी दिँदै आएको उत्तर कोरियाले दुई मिसाइल परीक्षण गरेको छ।
जनवरीमा वाइडेनको सत्तारोहणपछि उत्तर कोरियाले पहिलोपटक मिसाइल परीक्षण गरेको अलजजिराले जनाएको छ ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘उत्तर कोरियाले दुई छोटो दूरीको मिसाइलहरू परीक्षण गरेको थियो। यो प्रक्षेपण सामान्य र नियमित हो ।’
परीक्षण गरिएको मिसाइल संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाएकोमध्ये नभएको अमेरिकाको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।