सी डिभिजन लिग : वीरगञ्ज र महावीर विजयी

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत बुधबारका खेलमा वीरगञ्ज युनाइटेड क्लब र महावीर क्लबले जित दर्ता गरेका छन् । 

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको दोस्रो खेलमा वीरगन्जले सामाजिक युवा क्लबमाथि १–० को कठिन जित निकालेको हो । 

खेलको ३५ औँ मिनेटमा विवेक चौधरीले पोनाल्टीमार्फत गरेको एक मात्र गोल वीरगन्जलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । 

सामाजिकका खेलाडीले डिबक्सभित्र आफ्ना खेलाडीलाई लडाएपछि वीरगन्जले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । 

जितसँगै वीरगञ्जले ३ खेलबाट ७ अंक जोड्दा पराजित सामाजिकको समान खेलबाट ६ अंक छ । 

आजै भएको पहिलो खेलमा महावीर क्लबले सानोगौचरण युथ क्लबलाई २–० ले पराजित गरेको छ ।



महावीरको जितमा शुभम राय र अरुण राज धामीले १–१ गोल गरे । 

प्रतियोगितामा पहिलो जित निकालेको महावीरले ३ खेलबाट ३ अंक जोड्दा सानो गौचरण समान खेलबाट अंकविहीन छ ।
 



  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १८:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया