ट्विटरमा पनि अब भ्वाइस मेसेज पठाउन सकिने

माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि अब नयाँ फिचर आउने भएको छ । ट्विटरले दिएको जानकारीअनुसार भारतमा सबैभन्दा पहिले यो सेवा सुरु हुन लागेको हो । 

ट्विटरमा आएको यो नयाँ फिचरअनुसार अब प्रयोगकर्ताले ट्विटरमा पनि अडियो मेसेज पठाउन सक्ने भएका छन् ।

१४० सेकेन्डसम्मको ट्विटरमा अडियो मेसेज पठाउन सकिने फिचर ल्याएको ट्विटरमाले जनाएको हो । 

तर, यो सब ट्विटर एप मोबाइलमा राखिएको छ भनेमात्र सम्भव छ । अर्थात्, ट्विटरले वेब भर्सनमा यो फिचर ल्याएको छैन । प्रयोगकर्तालाई अब ट्विटरको डिएममा भ्वाइस प्ले र पज बटन पनि राखिने बताइएको छ। नेपाली प्रयोगकर्ता तथा भारतबाहेक अन्य देशमा यो फिचर कहिले लन्च गरिन्छ भन्नेबारे केही खुलाइएको छैन ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १२:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया