नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।
प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताए।
नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताए।
उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।