कप्तान मोर्गन र विलिङ्सबिना भारतसँग भिड्दै इङ्ग्ल्यान्ड

इङ्ग्ल्यान्डका क्रिकेट कप्तान इयान मोर्गन घाइते भएका छन् । यससँगै कप्तान मोर्गनले भारतविरुद्धको बाँकी रहेकाे दुई एकदिवसीय खेल गुमाउने भएका छन् ।

मंगलबार राति भएको पहिलो एकदिवसीय खेलमा चोट बोकेपछि मोर्गनले बाँकी खेल गुमाउने भएका हुन् । मोर्गनको हातको औँलामा चोट लागेको छ ।

टि-२० र एकदिवसीय सिरिजका लागि भारत भ्रमणमा रहेको टोलीका साम विलिङ्सले पनि दोस्रो खेल गुमाउने छन् । चोटकै कारण विलिङ्सले दोस्रो खेल गुमाउने भएका हुन् ।

यसअघि पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले विजयी भएको थियो । तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । इङ्ग्ल्यान्ड र भारतबीचको दोस्रो एकदिवसीय खेल आज शुक्रबार हुँदैछ ।





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार ८:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया