प्रदेश १ मन्त्रिपरिषद् : यी हुन् मुख्यमन्त्रीका नयाँ सहयात्री
फाइल तस्बिर

प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ नियुक्ति गर्न लागेका हुन्। 

शुक्रबारै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी राईले गरेका छन्। मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएका प्राथमिकतामा छन्। 

नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा रहेका छन्।

आङ्बुहाङलाई अर्थमन्त्रालय दिन लागिएको छ। सामाजिक विकासमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाउने भएका छन्। घलेले कृषि राज्यमन्त्री र ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाउने तय भएको स्रोतले बताएको छ। 





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १२:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया