काठमाडौंलाई ढाक्यो वायु प्रदूषणले, हवाई उडान ठप्प

काठमाडौं फेरि एक पटक विश्वकै प्रदूषित सहरको सूचीमा पुगेको छ। शुक्रबार दिउँसो काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा पुगेको हो। शुक्रबार दिउँसो पौने ४ बजे काठमाडौं गुणस्तर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा मापन भएको छ।

लामो समयदेखि वर्षात् नभएपछि काठमाडौंको आकाशको सतहमा धुलोको कणको मात्रा बढ्दै गएको हो। वायु प्रदूषण अत्यधिक बढेर काठमाडौं फेरि बदनाम हुन पुगेको छ। वायु प्रदूषण मापन गर्दै आएको आईक्यू एयरले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको हावाको गुणस्तर (इन्डेक्स एक्यूआई) १७२ पुगेको छ।

यो अंकसहित विश्वकै प्रदूषित सहरको तेस्रो नम्बरमा काठमाडौं दरिएको छ। आईक्यू एयरको विवरण अनुसार विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा बेइजिङ  छ भने दोस्रोमा मुम्बई रहेको छ। 

शुक्रबार दिउँसो तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानहरु ठप्प भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द भएको जानकारी दिए।

तुवाँलोले ढाकेपछि विमानस्थल आसपासको क्षेत्रमा ‘भिजिबिलिटी’ नपुग्दा जहाज उडान र अवतरण बन्द गरिएको हो। त्रिभुवन विमानस्थलबाट जहाज उडान/अवतरणका लागि ८ सय मिटरसम्मको क्षेत्र खुल्नुपर्ने हुन्छ। तर भिजिबिलिटी त्यो भन्दा तल झरेपछि आन्तरिक र बाह्य दुवै उडान रोकिएका हुन्। 


 





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १६:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया