ढल्यो इमानको एउटा सतिसाल, अलविदा नवीन्द्र दाइ !

राजनीतिको सबैभन्दा ठूलो कुरा इमानदारिता बचाइरहनु हो । नेपालको राजनीतिमा इमान बचाएर समाजमा एउटा छाप छोड्न सफल पछिल्लो पुस्ताका थोरै मानिसमा एकजना थिए, नवीन्द्रराज जोशी । 

म पनि उहाँ जति नै इमानदार हुने प्रयत्न गर्दैछु। उहाँ इमानदार भएका कारण धेरै अवसर गुमाउनुभयो। तर, मन्त्री हुने, अरु लाभका अवसर लिन होडबाजी गर्ने भन्दा मेरो मनमा मस्तिष्कमा उहाँ इमानदार हुने दौडमा हुनुहुन्थ्यो । त्यही नै उहाँको जीवनको सबैभन्दा उपलब्धि थियो।

अति नै सरल, इमानदार, राजनीतिमा लामो ‘कन्ट्रिब्युसन’ भएको मान्छे हो उहाँ । मेरो विचारमा नवीन्द्र राज जोशीको उमेर अनुसार योगदान गर्ने मान्छे नेपालको राजनीतिमा कोही पनि छैन ।

त्यसकारण नवीन्द्रराज जोशी असिम श्रद्धा व्यक्त गर्नुपर्ने ब्यक्ति हुनुहुन्थ्यो । असिम सम्मान व्यक्त गर्नुपर्ने मान्छे हो । नवीन्द्रराज जोशी अरु धेरै बाँच्नुपर्ने मान्छे हो ।

दुर्भाग्य उहाँ अब बाँच्नुभएन, रहनुभएन । उहाँको भौतिक शरीर हामीमाझ रहने छैन। एउटा इमानको सतीसाल ढल्दा नेपालको राजनीतिक वृत्तमा अपूरणीय क्षति भयो । नेपाली समाजमा इमान छवि बनाउने नवीन्द्रराज जोशी अब्बल व्यक्ति हो । 



अलविदा नवीन्द्र दाइ !



  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार २२:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया