सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर्स ११ टोलीको घोषणा भएको छ । 

क्यानले शनिबार सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । प्रतियोगिता चैत २१ देखि २८ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा गएको पुसमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० प्रतियोगिताका सेमिफाइनल प्रवेश गर्ने चार टोली (प्रदेश–१, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम) सहित ललितपुर मेयर्स ११ टोलीको सहभागिता रहनेछ ।
 
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार, सर्वोकृष्ट खेलाडीले २५ हजार, विधागत उत्कृष्ट हुनेले जनही १५ हजार र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् । सिंगल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताका लागि ललितपुर महानगरले क्यानलाई २० लाख उपलव्ध गराएको छ ।

ललितपुर मेयर्स ११ को टोली 
सरस्वती चौधरी (कप्तान), शोभा आले, सुमन खतिवडा, कविता गौतम, विमला मगर, अनुराधा चौधरी, विन्दु कुटवाल, आरती बिडारी, कञ्चन श्रेष्ठ, अनिसा लामिछाने, केनुका बस्नेत, अस्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली ।





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ११:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया