कोरोना संक्रमण फेरि बढ्न थालेपछि सीमा नाकाबाट आउनेको विवरण राख्ने तयारी

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि कर्णाली सरकारले भारतलगायत देशबाट फर्किने नागरिकको स्पष्ट विवरण राख्ने भएको छ । प्रदेश प्रवेशको सीमा नाकामा भारतबाट आउने नागरिकको फोन नम्बर र ठेगानासहित स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउने जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको उक्त बैठकले कोरोना फैलिन थालेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 

प्रदेशले नेपाल प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ देखिएका व्यक्तिहरूलाई अनिवार्य रूपमा होम आइसोलेसनमा राख्ने निर्णय समेत छ ।
बैठकले सार्वजनिक यातायातमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोभिडबारे जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने तयारी छ ।  

बैठकले सामाजिक विकास मन्त्रालयमार्फत कर्णालीका नागरिकलाई आवश्यक पर्ने खोप उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १७:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया