मोदीको खोप कुटनीति : बंगलादेशलाई दिए १२ लाख डोज भ्याक्सिन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कुटनीतिलाई बंगलादेशमा पनि अपनाएका छन्। छिमेकी देशको भ्रमणका क्रममा रहेका उनले बंगलादेशलाई कोरोनाविरुद्धको खोपसहित कयौँ अन्य उपहार पनि दिएका हुन्। 

मोदीले त्यहाँकी समकक्षी शेख हसिनालाई १२ लाख डोज कोरोना भ्याक्सिन हस्तान्तरण गरे। उनले त्यस क्रममा १०९ वटा एम्बुलेन्स पनि प्रदान गरे। 

यसअघि मोदीले भारत सरकारले ओरकान्डीमा बालिकाहरूका लागि एक प्राथमिक विद्यालय खोल्ने बचन दिए। बंगालदेशकी प्रधानमन्त्री शेख हसिनाले उपहारस्वरुप मोदीलाई सुन र चाँदीका एक-एक सिक्का दिइन्। 

मोदीले भारत र बंगलादेश दुवै देश कोरोनाविरुद्ध एकसाथ लड्ने बताए। उनले मेड इन इन्डिया भ्याक्सिन बंगलादेशका नागरिकसम्म पुर्‍याउनु आफ्नो कर्तव्य रहेको बताए।
 





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया